Butwal Today

लुम्बिनीविरुद्ध सुदूरपश्चिमको उत्कृष्ट सुरुवात, विकेटको क्षतिबिनै बनायो ४७ रन

२२ मंसिर २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सुदुरपश्चिम रोयल्सले उत्कृष्ट सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको  सुदुरपश्चिमले पावर प्लेमा विना विकेटको क्षति ४७ रन बनाएर खेलिरहेको छ।

६ ओभरको सामाप्तीमा सुदुरपश्चिमका ओपनर सैफ जैव २९ र विनोद भण्डारी १९ रनमा नटआउट छन्। विकेटका लागि सर्घष गरिरहेको लुम्बिनीले पावर प्लेमा नै ५ बलर प्रयोग गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?