© २०२३
काठमाडौं ।
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले रक्षामन्त्री किम योङले दिएको राजीनामा स्वीकृत गर्नु भएको छ । साथै उहाँले साउदी अरबका लागि राजदूत रहेका आर्मीका पूर्व जनरल चोइ ब्युङ ह्युकलाई देशको नयाँ रक्षामन्त्रीमा नियुक्त गर्नु भएको छ ।
यसैबीच दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योनहापले निवर्तमान रक्षामन्त्री किमले नै राष्ट्रपति यूनलाई मंगलबार राति देशमा ‘मार्शल ल’ घोषणा गर्न सुझाव दिएको जनाएको छ । बिहीबार संसद्को राष्ट्रिय सुरक्षा समिति समक्ष बयान दिंदै उपरक्षामन्त्री किम सियोन होले निवर्तमान रक्षामन्त्री किम योङले सेनालाई संसद् भवनमा परिचालित हुन र सांसदहरूलाई संसद् भवनभित्र प्रवेश गर्नबाट रोक्न आदेश दिनु भएको बताएको योनहापले उल्लेख गरेको छ ।
राष्ट्रपति यूनले मंगलबार राति घोषणा गरेको मार्शल ल ६ घण्टा पनि टिक्न सकेको थिएन् । संसद्ले राति नै आपत्कालीन बैठक बस्दै उक्त मार्शल ललाई अमान्य घोषणा गरेपछि यून आफ्नो पूर्व घोषणा फिर्ता लिन बाध्य हुनु भएको थियो । संसदीय समिति समक्ष दिएको बयानमा उपरक्षामन्त्री किम सियोन होले आफूले समाचारमाध्यमबाट मात्रै मार्शल ल लगाइएको कुराको जानकारी पाएको दाबी गर्नु भएको छ ।
यस्तै मार्शल ल कार्यान्वयनको कमान्डर तोकिएका सेना प्रमुख जनरल पार्क आन सुले राष्ट्रपतिले टेलिभिजन मार्फत गरेको घोषणा सुनेर मात्रै आफूले यसबारे जानकारी पाएको बयान दिनु भएको छ । पार्कले आफूलाई संसद् भवन पठाइएका सैनिकलाई गोली दिइएको वा नदिइएको बारे थाहा नभएको मात्र नभई सेना परिचालित गरिएको बारेमा समेत जानकारी नभएको दाबी समेत गर्नु भएको छ ।
यसैबीच मार्शल ल लगाएको विषयलाई लिएर विपक्षी ६ दलहरूले राष्ट्रपति यून विरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावमाथि यही शनिबार साँझ सात बजे मतदान हुने भएको छ । तीन सय सदस्यीय संसद्मा महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ अर्थात दुई सय मत चाहिन्छ । विपक्षी दलहरूसँग एक सय ९२ सिट छ भने प्रस्ताव पारित हुनका लागि सत्तारुढ दल पिपुल पावर पार्टीका कम्तीमा आठ सांसदको समर्थन आवश्यक हुन जान्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी