© २०२३
काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको हो ।
पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एकरएक विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए ।
पोखराको लगातार दोस्रो पटक हार व्यहोरेको छ । जनकपुर ६ अङ्कसहित शीर्ष स्थानमा छ । एनपीएलको दोस्रो खेलमा आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी