© २०२३
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
आज भएको पहिलो खेलमा कर्णालीले काठमाडौंलाइ १५० रनको लक्ष्य दिएको हो ।
अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । आजको खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भएका छन् ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
यसअघिका पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको प्रयासमा जुटेका छन ।
कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित हुदाँ पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेटले पराजित भएर आज मैदानमा उत्रेका हुन ।