© २०२३
दाङ, १६ मङ्सिर ।
दोस्रो नगर स्तरीय बास्केट बल प्रतियोगिता–२०८१ को उपाधि साविक विजेता गुरुकुुल एकेडेमी घोराहीले जितेको छ ।
घोराही १८ सालघारीमा शनिबार भएको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको फाईनल खेलमा गुरुकुल एकेडेमीले गोरखा मावि घोराहीलाई ६६–६५ अंकका साथ हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
६५–६२ अंकले पछि परेको अवस्थामा गुरुकुलले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेर उपाधि हात पार्न सफल भएको हो । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोेगमा भएको प्रतियोगिताको ईमर्जिङ खेलाडी गोरखा स्कुलका निश्चल खत्री र उत्कृष्ट खेलाडी गुरुकुल एकेडेमीका आदित्य थकाली घोषित भए प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
मंसिर १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको थियो । घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीले खेल शारिरीक, मानसिक विकासका लागि प्रमुख आधार रहेको हुँदा विद्यालय स्तरमा यस प्रकारका प्रतियोगिता अत्यन्तै आवश्यक रहेको बताइन ।
स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै खेलकुदका गतिविधि चलायमान बनाउन पालिकाले पूर्वाधार विकासमा ध्यान दिने बताइन। कार्यक्रम सामाजिक महाशाखा प्रमुख नारायण प्रसाद पौडेल , नगर खेलकुद बिकास समिति अध्यक्ष नरेन्द्र पुन लगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गरेका थिए ।