© २०२३
बुटवल, १७ कात्तिक ।
रुपन्देही-१ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणीको वडा नं १ र २ तथा ओमसतियाको वडा नंं ४ का मतदाताको घरदैलोमा पुगेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवारसंग मतदाताले बसन्तपुर-गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताहरुले सडक, पिउने पानी र सिंचाईको राम्रो व्यवस्था गर्न माग गरे ।
मतदाताहरुले देशको हित, राष्ट्रियताको रक्षा र विकासका लागि फेरि पनि एमाले राप्रपा र जसपाको गठन्धनले जित्नुपर्ने भदै जितको शुभकामनासहित आशिर्वाद दिएका छन् ।
सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार छविलाल विश्वकर्माले एमाले सरकारले तराई मधेशमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो वजेट छुट्टाएकाले मधेशको विकास हुन थालेको बताए । प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पुरा गर्न फेरि एमालेले जित्नुपर्ने बताए ।
राप्रपाका सहमहामन्त्री ताहिर अली भाटले रुपन्देही १ मा एमाले राप्रपा जसपा गठबन्धन विपक्षी भन्दा ठूलो मतान्तरले अगाडि रहेकाले उत्साहित भएर जनतालाई मतदाता शिक्षा दिनुपर्ने सुझाव दिए । घरदैलोमा एमाले क्षेत्रीय संयोजक वेद गिरी,जिल्ला कमिटी सदस्य प्रदीप पाण्डे जसपाकी प्रदेश सभाका समानुपातिक उम्मेदवार मधु सिंह लगायत सहभागी थिए । मतदाताले न्यानो माया र आशिर्वाद दिएपछि एमाले उम्मेदवारहरु उत्साहित भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी