ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
ग्राउन्ड हेन्डलिङमा निगमको एकछत्र राज गुम्यो

आजदेखि भैरहवामा हिमालयनको नियमित उडान

१७ कार्तिक २०७९, बिहीबार
१७ कार्तिक २०७९, बिहीबार

बुटवल, १७ कात्तिक ।

सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई पनि ग्राउन्ड हेन्डलिङको अनुमति दिएको छ । योसँगै ग्राउन्ड हेन्डलिङको सेवामा निगमको एकछत्र राज समेत गुम्ने भएको छ ।

निगमको आम्दानीको मुख्य स्रोत नै ग्राउन्ड हेन्डलिङ रहेको थियो । चुनावको मुखमा सरकारले निगमको बिजनेश खोस्दै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएको हो । ग्राउन्ड हेन्डलिङ सेवाबाटै निगमले कुल आम्दानीको ६० प्रतिशत भन्दा बढी आर्जन गरिरहेको छ ।

वार्षिक करिव चार अर्व रुपियाँ निगमले यसैबाट कमाउने गर्दछ । नागरिक उड्डयन प्राधिकरणले हिामलयन एअरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ र भैरहवामा कमर्सियल ग्राउन्ड हेन्डलिङको जिम्मा दिंदै अनुमति दिएको छ । ग्राउन्ड हेन्डलिङको अनुमति पाएसँगै हिमालयन एअरलाइन्सले बिहीबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्दैछ ।

प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गर्न लागेको हो । कोरोना महामारीमा निगमको व्यवसाय खोस्न लागेको आक्षेप लागेपछि प्राधिकरण अनुमति कार्यान्वयन गर्नका लागि हिच्किचिएको थियो । प्राधिकरण अनुमति कार्यान्वयन गर्नका लागि पछि हटेको थियो । कम्पनीले आज बिहीबारबाट मलेसियातर्फ उडान गर्ने तयारी गरिरहेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार अव काठमाडौं–मलेसिया, भैरहवा– मलेसिया उडान सुरु हुनेछ ।

कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय दरभाउमै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । श्रेष्ठका अनुसार कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भर्दैछ । हिमालयन एअरलाइन्सयले हप्तामा सातैदिन उडान भर्ने योजना बनाइरहेको छ । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार आज दिउँसो १२ बजे हिमालयन एअरलाइन्सको चार्टड उडान भैरहवामा अवतरण हुनेछ ।

हाल यो विमानस्थलमा कुवेतको जजिरा एअरलाइन्सले मात्रै सातामा तीन दिन उडान भर्दै आएको छ । हिमालयन एअरलाइन्समा उपाध्यक्ष श्रेष्ठले गौतमबुद्ध विमानस्थलमा पूर्वाधार बिस्तार हुँदै जाँदा उडान संख्या पनि थप्दै जाने योजना सुनाए ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?