© २०२३
सैनामैना, १६ कात्तिक ।
पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले आफ्नो एक मात्र उद्देश्य रुपन्देहीको क्षेत्र नं. ५ लाई विकासको शिखरमा पु¥याउने उद्देश्य र सपना रहेको बताएका छन् ।
शाहले क्षेत्र नं. ५ को विकास देशकै लागि उदाहरण बनेको बताउँदै कलौनी देखि लुम्विनी र फायरलाईन लुम्विनी सडकले यहाँका हजारौं जनताको जीवनस्तर माथि उठाउन ठूलो सहयोग पुगेको दावी गरे ।
बुधबार कञ्चन गाउँपालिका वडा नं. ५ म भएको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा शाहले आफ्नो एकमात्र लक्ष्य र उद्देश्य भनेको रुपन्देही क्षेत्र नं. ५ लाई विकास र सम्मृद्धिको शिखरमा पु¥याउनु रहेको जिकिर गरे ।
क्षेत्र नंं ५ का जनतालाई विकासमा जोड्न आफ्नै नेतृत्वमा विगतमा थुपै्र सडक बनाएको, दर्जनौं पुल निर्माण भएको, सिंचाईको व्यवस्था गरेको, खानेपानी र स्वास्थ्यको आधारभूत आवश्यकता पूरा गरेको र शिक्षाको पहुँचमा हजारौं बालबालिकालाई जोड्न सफल भएकोले अव बाँकी रहेका काम पूरा गर्न आफूले फेरी उमेदवारी दिएको शाहले स्पष्ट गरे ।
शाहले आफ्नो कार्यकालमा क्षेत्र नं. ५ का जनताको विकास र सम्मृद्धिको चाहनालाई पूरा गर्न सफलता पाएको बताउदै अव त्यो विकासको अभियानलाई निष्कर्षमा पु¥याउन पनि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे ।
आफ्नो अभियानमा साथ दिन रुपन्देही क्षेत्र नं. ५ का आम मतदातासमक्ष आग्रह गर्दै उम्मेदवार शाहले विकास र सम्मृद्धिबाटै जनताको जीवनस्तर माथि उठ्ने भएकोले आफ्नो पहिलो सर्त विकास नै भएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी