© २०२३
काठमाडौं ।
नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध टस हारेको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पछि पारेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी