© २०२३
देवदह, १५ कात्तिक ।
रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदाताले जितका लागि आशिर्वाद दिएका छन् ।
चुनावी अभियानका क्रममा तिलोत्तमाको वडा नंं १५ र १६ मा घरदैलो तथा ओमसतिया–३मा प्रचार कार्यालय उद्घाटनका क्रममा मतदाताले प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेलाई टिका लगाइदिंदै आशिर्वाद दिएका हुन् ।
मतदाताले सत्ता गठबन्धनले आफूले जित्न नसक्ने देखेर उम्मेदवारी नदिई एमाले छाडेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै जनताको रोजाई एमाले नै भएको बताएपछि आफूहरु उत्साहित भएको एमाले उम्मेदवारहरुको भनाई छ ।
आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको जित आवश्यक रहेको भन्दै मतदाताले जनताको भावना अनुसार काम गर्न सुझाव समेत दिएका एमाले नेता वेद गिरीले बताए ।
घरदैलोका क्रममा उम्मेदवार विश्वकर्माले अव्यवस्थित बसोबासी, सुकुम्बासी र गाउं ब्लकका जनतालाई लालपुर्जा, किसानलाई सिंचाई सुविधा तथा सडक, शिक्षा र स्वास्थ्यमा एमालेले जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाए । नेता विश्वकर्माले सत्तम गठबन्धनका कारण संकटमा परेको राष्ट्रियतालाई जोगाउन, महंगी र भ्रष्टाचार रोक्न एमाले,राप्रपा र जसपाको तालमेल भएको भन्दै रुपन्देही १ मा सत्ता गठबन्धन भन्दा १५ हजार मतान्तरले आफूहरुले चुनाव जित्ने भएकाले उत्साहित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।
प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले नेतृत्वको सरकारमा अघि सारेका विकास योजनाहरु पूरा गर्न आफू उम्मेदवार भएको भन्दै तिनलाई पूरा गरेरै छाड्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी