© २०२३
काठमाडौँ ।
ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ ।
विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि युएईले पहिला ब्याटिंग गर्दै २५.३ ओभरमा अल आउट हुदै ७८ रन मात्र बनाएको थियो ।
यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।