© २०२३
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो । एकदवसीय मान्यता र विश्वकप छनोटको लिग-२ मा नेपालको प्रदर्शन खराब रह्यो ।
नेपालले क्यानडामा केवल एक अंक जोड्यो भने अमेरिकामा ३ अंक मात्र जोड्न सक्यो । अब नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने छन् ।