© २०२३
काठमाडौं ।
नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो ।
नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ । कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।
अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।