Butwal Today

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने

२० कार्तिक २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा हिरासतमा राखेर अनुसन्धान गरिएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

यसअघि थप भएको म्याद सकिएलगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले जनाएको छ । उनलाई कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

पहिलोपल्ट ६ दिन र पछिल्लोपल्ट ७ दिन म्याद थप गरेर अनुसन्धान जारी छ । यसैबीच उनको अनुसन्धान कास्कीमा सकिएपछि थप अनुसन्धानका लागि उनलाई भैरहवा ल्याइने भएको छ । उनीमाथि सुप्रिम सहकारी ठगीविरुद्ध पनि आरोप छ । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न उनलाई भैरहवा ल्याउन लागिएको हो ।