© २०२३
अर्घाखाँची –
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएकाे र उपचारको क्रममा २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लको भनाइ छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा १५/१६ भैलोका टीम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताउनु भयो । भैलो हेर्ने परम्परा अनुसार मानिसहरु भैलो हेर्न पुगेका थिए ।
भिडियो स्रोतः खिल्जी युवा क्लव