© २०२३
काठमाडौँ ।
हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो।
कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।
यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ‘बी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।