© २०२३
बुटवल, १६ कार्तिक । नेपाल सम्वत ११४५ को स्वागतमा शुक्रबार बुटवलमा मोटरसाईकल रयाली गरिएको छ । नेपाल सम्वत सबै नेपालीको साझा सम्बतका रुपमा चिनाउने गरि नेवा देय दबु नगर समितिको मुल आयोजनामा बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा बुटवल शुक्रबार दिउसो वृहत मोटरसाईकल रयाली गरेको हो ।
राजमार्ग चौराहाबाट शुरु हुने मोटरसाइकल रयाली बुटवल बजार परिक्रमा गरि देविनगरस्थित नेवा सेवा समितिको कार्यालयमा समापन गरिएको अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि यस क्षेत्र १० वटा खलपुचहरु संयुक्त रुपमा सहभागी थिए ।
शनिबार सम्मान, शुभकामना आदाप्रदान कार्यक्रम रहेको छ ।