© २०२३
काठमाडौँ ।
अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी छन् ।
कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन् । र्यालीलाई सम्बोधन गर्दै आफुले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम भएको बताएकी छन् । जेनिफर लोपेजले भनिन्, ‘म महिलाको शक्तिमा विश्वास गर्छु । “यस चुनावमा परिवर्तन ल्याउने शक्ति महिलामा छ ।’
त्यस्तै र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिशले भनिन्- ‘अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ । हामी कठिन सङ्घर्षबाट डराउँदैनौँ र जित्नेछौँ ।
ह्यारिसले आफुले हरेक दिन अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताउदै न्यूनतम पारिश्रमिक बढाउनेछन् र काम गर्ने मानिसहरूका लागि लड्ने बताएकी छन् ।
पछिल्ला सर्वेक्षणहरुमा ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा देखिएको छ । नोभेम्बर ५ मा हुने निर्वाचन अघि ६० मिलियन भन्दा बढी मतदाताले पोष्टल मार्फत र प्रि-मतदानमार्फत मत दिइसकेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी