© २०२३
काठमाडौँ ।
नेपालले आज हङकङ सिक्सेस अन्तर्गत पहिलो खेल खेल्दै छ । हङकङको मोंग कोकस्थित स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ७: १० बजेदेखि शूरु हुने छ ।
क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिम यस प्रतियोगिताका लागि हङकङ पठाएको छ । जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन् । साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
त्यस्तै इङल्याण्डको टिममा रवि बोपारा (कप्तान), एड बरनार्ड, इथान ब्रूक्स, जेम्स कोल्स, एलेक्स डाभेज, समित पटेल र जोर्डन थम्पसन रहेका छन् ।
५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ । त्यस्तै नेपालले दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् भने पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका रहेका छन् ।
एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी