ट्रेंडिंग:

>> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने

साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे । “विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए ।

सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?