© २०२३
काठमाडौँ ।
भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको प्रशासनले जनाएको छ ।
राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको छ । अहिलेसम्म १२ सय भन्दा बढीलाई उद्धारको आवश्यकता रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री पेड्रोले स्पेनमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
बेपत्ताको संख्या ठुलो रहेकाले बाढीका कारण मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ । अहिलेसम्म कति बेपत्ता छन् भन्ने यकिन हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी