© २०२३
नवलपरासी, १३ कार्तिक ।
तिहार लक्षित पटाखाको सिमावर्ति नाकाहरूबाट तस्करी गर्ने क्रम रोकिएको छैन । तिहारकै बेला राम्रो आम्दानी हुने हुँदा आम्दानीको केही रकम भन्सार तथा प्रहरीलाई बुझाएर पनि पटकाको तस्करी हुने गरेको स्थानीयले बताएका हुन् ।
नेपालमा प्रतिबन्धित रहेको पटाका स्थानीय प्रहरीसँग लाईन मिलाई तस्करी गर्ने क्रम बढेको स्थानीयबासीले जनाएका हुन् । पटकालाई नियन्त्रण गर्न प्रहरीले केही मात्रामा बरामद गर्दै दाबी गरिएको भए पनि विगत देखि नै सिमावर्ति गाउँमा ल्याएर भण्डार गरि राखिएको र बेला मौका मिलाएर नेपालको विभिन्न स्थानमा जाने गरेको छ । सीमा सुरक्षा बल (बर्डर अब्जरवेसन फोस) विओपी को कार्यालय नै बसेको गोपालपुर नाकाबाट पटका तस्करी हुदै गरेको अवस्थामा भक्सिपुरबाट विहान ६ बजेको समयमा शसस्त्र प्रहरीले झण्डै दुई लाख बराबरको पटाका बरामद गरि नष्ट गरेको छ ।
विओपीका प्रमुख डिएसपि विष्णु अधिकारीकै कमाण्डमा रहेको टोलीले उक्त पाटाका परामद गरेको जानकारी प्रहरीले गराएको छ । तर विओपी देखी ५ सय मिटर दुरीमा पटाका बरामद गर्नु पटाका तस्करी नियन्त्रण गरेको जस्तो देखाउने कार्य मात्र भएको दाबी एक स्थायिनले गरे । अझै पनि ठूलै मात्रामा पटाकाहरू विभिन्न स्थानमा लुकाई राखिएको भनाई उनको थियो । टोलीले १ लाख ८२ हजार ७ सय बराबरको पटाका बरामद गरिएको स्थानीय लक्ष्मि हरिजनले जानकारी गराएका थिए । सिमा क्षेत्रबाट अहिले तिहार लक्षित चिनी र पटाका जन्य समाग्रिको अवैध पैठारी भई रहेको छ ।
मौषमी रूपमा तस्करहरूले आफ्नो काराबार फेर्दै दीपावली एवं लक्ष्मीपूजालाई लक्षित गरि तस्करहरू पटका तस्करीमा भिडेका एक स्थानीयले बताए । उनका अनुसार स्थानीय तस्करहरू जिल्लाको गोपालपुर, भुजहवाँ, बसहियाँ, बुडन्तवापुर नाकाबाट पटाखाको अवैध चोरी पैठारी गरिरहेका छन् । नेपालमा पनि तिहारमा पटाखा पडकाउने होडबाजी चल्ने हुँदा काठमाण्डौ, नारायणघाट, पोखरा, बुटवल, लगायतका विभिन्न मुख्य र साना बजारहरूमा पटाखाको माग हुने गर्दछ । सो मागलाई पुर्ती गर्न जिल्लाका केहि पटाखा तस्करहरू भारतबाट अवैध रूपमा अवैध पटाखा भित्राउने दाउमा लागी परेका छन् । तिहारमा पटाखाको ठुलो कारोबार हुने हुँदा तस्करहरू सुरक्षार्कीको सेटिङ्गमा विभिन्न ब्राण्डका पटाखा नेपाल भित्राई बेचबिखन गर्ने गरेको पाईन्छ ।
पटाखाले घरहरूमा आगो लाग्ने जोखिम र नेपालमा विक्री वितरण अवैध रहेकाले तस्करहरू भारतीय बजारबाट पटाखा खरिद गरि नेपालका मुख्य र साना बजारहरूमा पु¥याउने काम गर्दै आएका छन् । अहिले पटाखा विक्री सिजन रहेका बेला जिल्लामा पटाखाको व्यापक तस्करी छ जसलाई नियन्त्रण गर्न सुरक्षार्कीको मौनताले सुरक्षार्कीकै सेटिङ्क हो कि भनि स्थानिय आशंका गर्दछन् । एक महिना अगाडी जिल्लाको शसस्त्र प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालका २ भक्सीपुरबाट ३ लाख ५० हजारको पटाखा बरामद गरेको थियो । त्यस्तै पाल्हीनन्दन १ बुडन्तवापुरबाट पनि १ लाख ६० हजारको पटाखा बरामद गरि नष्ट गरेको थियो । गत बर्षपनि पटाखाको खुब तस्करी चलेको थियो जसमा प्रहरीलाई एक पिकप सहित पटाखा हात लागेको थियो ।
पटाखा नष्ट गरि गाडी आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय बुझाएको थियो । यसरी हेर्दा जिल्लाबाट पटाखाको ठुलो मात्रामा कारोबार भैरहेको प्रमाणि गर्दछ । तिहार नजिकिदै छ । जिल्लाकै मुल नाका महेसपुर बजारमै पटाखाहरू विक्री भैरहेको पाईन्छ । पसलमा सामान्य पटाखाहरू राखिएपनि चर्काे पडकिने पटाखाहरू घरमा लुकाई राखेको र ग्राहकको माग अनुसार विक्री गरिने गरेको एक स्थानियले बताए । पटाखामा नागिन छाप, रकेट बम, सुतली बम, चक्री, फुलझरी, लगायतका पडकिने विभिन्न नामक पटाखाहरू रहेका छन् । पटाखा तसकरीमा पाल्हीनन्दनका केहि मशहुर व्यपारीहरू रहेको एक श्रोतले जनाएको छ ।