© २०२३
नवलपुर, १२ कात्तिक ।
नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको अन्तिम सेमिफाईनल खेलमा टाईवे्रकरमा विभागीय टिम नेपाल पुलिस स्पोर्ट क्लवलाई नमो बुद्ध युवा क्लव, सप्तरीले ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ ।
दोस्रो हाफको १८ मिनेटमा नमोबुद्ध युवा क्लवका अदित्य शाक्यले पहिलो गोल गरे । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा नेपाल पुलिस स्पोर्ट क्लवका खेलाडी प्रविन थापाले गोल गरेसँगै खेल टाईवे्रकरमा प्रवेश गरेको थियो ।
दोस्रो हाफको ईन्जुरी समयमा दुबै क्लवका १÷१ जना खेलाडीले रातो काड पाए । ईन्जुरी समयको अन्तिम ३ मिनेटमा दुबै तर्फबाट १०÷१० जना खेलाडी मैदानमा रहेका थिए । नेपाल पुलिस स्पोर्ट क्लवका पावेल कटुवाल र नमोबुद्ध युवा क्लवका लछु थापा खेलाडीले रातो काड पाएसँगै मैदान बाहिरिएका थिए ।
आजको खेलमा नमोबुद्ध युवा क्लव, सर्लाहीका आदित्य शाक्य म्यान अफ द म्याच घोषित भए । मेन अफ द म्याच शाक्यले नगद रु ५ हजार प्राप्त गरेका थिए ।
राईनो संरक्षण गोल्कप फुटबल प्रतियोगिता अन्तर्गत फाईनल खेल कात्तिक १४ गते राईनो रङ्गशालामा हुनेछ ।
सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ४ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी