© २०२३
बुटवल, १२ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ उपाधिको लागि आयोजक दोभान एफसी र गुड मर्निङ एफसी भिड्ने भएका छन । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा सोमबार भएको पहिलो सेमीफाईनल खेलमा गुड मर्निङ एफसीले चपरहट्टी एफसीलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । खेलमा गुड मर्निङका अनुप थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो सेमीफाईनल खेलमा आयोजक दोभान एफसीले नवजिवन एफसीलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । खेलमा दोभानका जितेश गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
फाईनल खेलमा मंगलबार दिउसो हुने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी