© २०२३
काठमाडौँ ।
यस बर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुदै छ । २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउदै छन् । यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।
यस बर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए ।
अब यस बर्ष भने यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्ड अगाडी बेलुन डो अर अवार्डमा खेलाडीले पाएको अंकको सुची सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् ६३० अंकसहित शिर्ष स्थानमा रहेको उल्लेख छ ।
त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा रहेका छन् । रियल म्याड्रिडबाट खेल्ने इङल्याण्डका जुडे बेलिङघम ४२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
यसको आधिकारिकता बारे स्पष्ट जानकारी नभएपनि भिनिसियसलाई यस बर्षको बेलुन डो अर अवार्डका लागि सबै भन्दा प्रबल दाबेदार मानिएको छ ।
उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउनेक्रममा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।
रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी