© २०२३
काठमाडौँ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको छ।
नेपालले दिएको २ सय ८७ रनको लक्ष्य अमेरिकाले २ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
अमेरिकाको जितमा शयान जहनगिरले १ सय ४ रनको योगदान दिए। उनले ९७ बलमा १२ चौका र ६ छक्का प्रहार गरे।
कप्तान मोनान्क पटेलले ६२ र हरमित सिंहले ५७ रनको योगदान दिए।
नेपालका कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले ६ ओभरमा २३ रन दिएर ४ विकेट झारेका थिए। सोमपाल कामीले २ तथा ललित राजवंशीले एक विकेट लिए।
त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय ८६ रन बनाउँदा अलआउट भयो।
नेपालका कप्तान रोहित पौडेल शतक नजिक पुगेर चुके। उनले ७५ बलमा ८ चौका र ३ छक्का सहयोगमा सर्वाधिक ९६ रन बनाउँदा बोल्ड आउट भए।
आशिफ शेख ५२ बलमा क्याच आउट भए। उनले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
आरिफ शेखले ३७, दिपेन्द्र सिंह ऐरिले १३ र कुशल भुर्तेलले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका तल्लो क्रमका ब्याटर सस्तैमा आउट हुँदा नेपाल विशाल लक्ष्य दिनबाट चुकेको थियो।
सिरिजको दोस्रो नेपालले नेपालले भोलि मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी