© २०२३
काठमाडौँ ।
नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ ।
२९ बर्षिय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो ।
इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो ।
काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडीस्
काठमाडौँ गुर्खाज
: नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
:नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लाइन्स
: इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
जनकपुर बोल्ट्स
:न्यूजील्याण्डका जिम्मी निशाम
:अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
: वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
: नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
: अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
:स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
: पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
: ओमानका कप्तान आकिब इलियास
कर्णाली याक्स
: पाकिस्तानका अल राउण्डर हुसैन टलात
चितवन राइनोज
: दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज