© २०२३
सल्यान, ९ कार्तिक । सल्यानको दमाचौरमा जिल्लास्तरीय खुला करांते तथा नृत्य प्रतियोगिता सुरु भएको छ । नेपाल सितोरियो करांते संघ सल्यानको आयोजना र प्रतिभाशाली युवा क्लब छत्रेश्वरी १ सल्यानको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुक्रबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्दै खेलकुदमा युवा सहभागिता र यसको महत्वबारे प्रकाश पारे । खेलाडीमा समर्पण, मेहनत र कौशल आवश्यक पर्ने भन्दै उनले खेलकुदबाट युवाहरुमा अनुशासन विकास हुने बताए । कार्यक्रममा छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली लगायतले खेलकुद बिकास तथा संस्कृति संरक्षणमा वडास्तरबाट सक्दो प्रयास गरिने बताए ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, नेकपा एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का, नेपाली कांग्रेसका तारक शाह, नेकपा एमालेका काली बहादुर चन्द, माओवादी केन्द्रका प्रदिप योगी, राप्रपा नेपालका लक्ष्मण चन्द, नेपाल करांते महासंघ सल्यानका अध्यक्ष बबी शाह, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, खेलकुद बिकास समिती छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्दले न्युन लगानी हुदा पनि ग्राणिम क्षेत्रबाट खेलाडी उत्पादन भैरहेको बताए ।
प्रतियोगितामा सल्यानका ८ र रोल्पाबाट पनि एक गरि ९ टिमले भाग लिएका छन् । प्रतियोगितामा २० देखि ६५ केजी तौल समुहसम्म महिला तथा पुरुषका गरि विभिन्न विधामा खेल हुने छन । नेपाल सितोरियो करांते संघ सल्यानका अध्यक्ष तथा करांतेका अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर रानाले २२ वटा स्वर्ण, २२ वटा रजत र ४४ कास्य पदकको लागि प्रतिस्पर्धा हुने बताए । प्रतियोगितामा ७५ पुरुष र ६५ जना महिला प्रतिस्पर्धि खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतियोगितामा खुला नृत्य प्रतियोगिता पनि संचालन हुनेछ भने मौलिक कला संस्कृति र स्थानिय लोक संस्कृति प्रदर्शन गरेका विभिन्न समुहहरुलाइ प्रोत्साहन गर्ने कार्यक्रम रहेको भानुभक्त माविका प्रअ खुमानन्द केसीले बताए । उद्घाटन अघि खेलाडीसहित स्थानिय विभिन्न जातजाती र भेषभुषामा सजिएर पंचेबाजा, सोरठी, लहरे, मयुर नाचसहित झाकी निकालिएको खडग शाहीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी