© २०२३
बुटवल, ९ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ मा शिवनगर युवा परिवार, एलसिए एफसी र आयोजक दोभान एफसी विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेका छन । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा शिवनगर युवा परिवारले भगवती एफसी बुटवललाई २—० गोल अन्तरले पराजित गरेको हो । खेलमा शिवनगरका निखिल पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा एलसिए एफसीले वेल ब्याईज एफसीलाई ४—१ गोलले पराजित गरेको हो । खेलमा एलसिएका समिर राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार भएको तेस्रो खेलमा आयोजक दोभान एफसीले झरना युवा क्लबलाई ६—० गोल अन्तर पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको छ । खेलमा आयोजक दोभानका मिलन आलेमगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शनिबार क्वाटरफाईनलका दुई खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए । पहिलो खेल चपरहट्टी एफसी र न्यु ब्याईज पाल्पा तथा दोस्रो खेल नवजिवन एफसी र युनाईटेड युथ बि बिचमा हुने छ । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी