ट्रेंडिंग:

>> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट

सुप्रिम सहकारी ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

बुटवल, ९ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बुटवल आएको छ। सीआईबीका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा टोलीले सुप्रिम सहकारीको पूरक जाहेरीमा अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका हुन्। पूरक जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरूविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि मुद्दा अगाडि बढ्ने निश्चित भएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा छविलाल जोशी र रवि लामिछानेविरुद्ध पनि अनुसन्धान भइरहेको छ। कास्कीमा पक्राउ परेका जोशीलाई बुटवल लगेर प्रहरीले पहिलो चरणको बयान गराइसकेको छ। लामिछानेलाई पनि बुटवल लैजाने प्रहरीको तयारी छ। पोखरामा पनि पुरक अनुसन्धानमा सहयोग गर्न भन्दै सीआईबीको टोली खटाइएको छ। सुप्रिममा पनि पठाइसकिएको हो।

रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। अरु आरोपित भने बैंकिङ कारोबारमा हस्ताक्षर गर्नेहरू हुन्। रवि र छविविरुद्ध यस्तै कसुरमा चितवनको सहारा, वीरगन्जको साना पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान अगाडि बढाउने तयारी छ।

यी सहकारीबाट पनि गोर्खा मिडियामा रकम लगेर अपलचन गरेको पाइएको छ। बुटवलको सुप्रिममा १० हजार ३ सय ९१ सदस्यको १ अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गाेर्खा मिडियामा अपचलन गरेकाे आराेप छ।

उनीहरूविरुद्ध कास्कीमा पछिल्लोपटक बिहीबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

रविलाई यसअघि ६ दिन हिरासतमा राखिएको थियो। छवि भने असोज ६ गतेदेखि नै हिरासतमा छन्।

यता रास्वपाले भने आफ्ना सभापति सहकारी ठगीको आरोपमा पक्राउ परेपछि विरोध प्रदर्शन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?