© २०२३
भैरहवा, १४ कात्तिक ।
राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको बताएका छन् ।
थापाले वर्तमान गठबन्धन सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताए । उनले भने, ‘पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’
रुपन्देहीमा सञ्चालित पाँचवटा स्टील उद्योग बन्द भएको उनको भनाइ छ । पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्री को हो भन्दै उनले प्रश्न गरे । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरुले अबको प्रधानमन्त्री शेर बहादुर देउवा भन्नुहुन्छ, यता पाँचदलीय गठबन्धनका नेता डा. बाबुराम भट्टराई अबको प्रधानमन्त्री प्रचण्ड भन्नहुन्छ, यसले के देखाउँछ भने सतारुढ गठबन्धनमा स्पष्टता छैन ।’ तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली भएको नेता थापाले बताए । ओली प्रधानमन्त्री बने मुलुकलाई निकास दिन सक्ने उनले बताए ।
भैरहवाका सपुत तथा रैथाने नेता दीपक बोहरालाई निर्वाचन जिताउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । उनीहरुले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले गति लिने दावी गरे ।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संयुक्त सम्पर्क कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, ५ र १० को उद्घाटन कार्यक्रममा बोल्ने नेताहरुले दीपक बोहराको अगुवाइमा भएका विकास निर्माणका कार्यहरुबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जीत सुनिश्चित भएको दावी गरेका छन् ।
त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमाले, राप्रपा र जसपा चुनावी अभियानमा जुटेको बताए । उनले पाँचदलीय गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाए । उनले भने, ‘निर्वाचनका बेला सत्ता र शक्तिको दुरुपयोग हुन सक्छ, यसतर्फ सतर्क हुनुपर्छ ।’ नेपालको राजनीतिक आन्दोलनमा दीपक बोहराको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष तथा एमाले नेता दीपक कुमार थापाले राप्रपा, एमाले र जसपाबीच भएको तालेमल निर्वाचनपछि पनि निरन्तरता पाउने बताए । उनले भैरहवाको पुत्र दीपक बोहरासहित तीन दलका उम्मेदवारहरुलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिए । वडा नं २ मा राप्रपा नेता रामकेश यादव, वडा नं १० मा नेकपा एमालेका वडा अध्यक्ष भोला कोइरी, वडा नं ५ मा नेकपा एमालेका नेता तथा पूर्व वडा अध्यक्ष चेत बहादर क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी