© २०२३
बुटवल, ८ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ मा शिवनगर, न्यु ब्याईज, नवजिवन र गुड मर्निङ एफसी विजयी भएका छन । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा बिहिबार भएको पहिलो खेलमा शिवनगर युवा परिवारले बाके एफसीलाई पेनाल्टी शुटआउटमा ५—४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा २—२ गोलको बराबरी भएपछि खेल पेनाल्टीबाट निर्णय लिईएको थियो । खेलमा शिवनगरका सैलेश ठकुरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा उपाधि दाबेदार खस्यौली एफसीलाई ३—२ गोलले पराजित गदै पाल्पाको न्यु ब्याईज एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा न्यु ब्याईजका सुशिल थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि तेस्रो खेलमा नवजिवन एफसीले दमकडा ब्रदर्श एफसीलाई पेनाल्टीमा ४—३ गोल अन्तरले पराजित गरेको छ । खेलमा नवजिवनका बिबेक क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि विहिबार नै भएको चौथो खेलमा गुड मर्निङ एफसीले मणिमुकुन्द एफसीलाई ४—३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा गुड मर्निङका रिम्बा सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार पहिलो खेल भगवती एफसी र शिवनगर युवा परिवार, एलसिए र वेल ब्याईज तथा तेस्रो खेल झरना एफसी र आयोजक दोभान एफसीका बिचमा हुने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।