© २०२३
काठमाडौँ ।
जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समुह बी का दुई खेल हुदै छन् । आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।
समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ ।
त्यस्तै समुह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।
जारी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी