© २०२३
बुटवल, ७ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ मा युनाईटेड युथ एफसी बि, चपरहट्टी र भगवती एफसी विजयी भएका छन । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा बुधबार भएको पहिलो खेलमा युनाईटेड युथ बि ले लामाचौपारी एफसीलाई ३—० गोल अन्तरले पराजित गरेको हो । खेलमा युनाईटेडका अरुण चौधरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा चपरहट्टी एफसीले तिलोत्तमा एफसीलाई ३—० गोलले पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलमा चपरहट्टीका अंकति रास्कोटी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि रोमान्चक तेस्रो खेलमा गोलरहित बराबरी भएपनि पेनाल्टी शुटआउटमा ३—२ गोल अन्तरले भगवती एफसीले अक्स्फोर्ड एफसीलाई पराजित गरेको छ । खेलमा भगवतीका सृजन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
बिहिबार दोस्रो चरणको खेलमा न्यु ब्यायज पाल्पा र खस्यौली एफसी, नवजीवन एफसी र दमकडा एफसी तथा मणिमुकुन्द एफसी र गुड मर्निङ एफसी बिचमा खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।