© २०२३
बुटवल, ७ कार्तिक । युवा खेलाडी र फुटबलको विकास गर्ने लक्ष्यसहित बुटवलमा प्रथम युथ फर एक्सन सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिका र वडा नं १५ को संरक्षकत्वमा युथ फर एक्सन बुटवलले आयोजना गरेको प्रतियोगिताको बुधबार भएको उद्घाटन खेलमा डिएस युनाईटेड क्लब विजयी भएको छ ।
बुटवल १५, उजेलापुर खेल मैदानको भएको उद्घाटन खेलमा पिसल्याड एफसीलाई ३–२ गोलले पराजित गर्दै डिएस दोस्रो चरणमा प्रवेश गरेको हो । डिएसको जितमा आकाश गुरुङले दुई तथा अनुप गुरुङले एक गोल गरे । खेलमा पिसल्याडका विशाल शाह र सिजन थापाले सान्त्वना गोल गरे । खेलमा डिएसका आकाश गुरुङ म्यान अफ दि म्याचबाट पुरस्कृत भएका छन ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव रानाले उद्घाटन गर्दै नगरभित्रको खेलमैदान र युवा खेलाडी उत्पादनमा पालिकाको निरन्तर पहल रहने बताए ।
कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका वडा नं १५ का वडा सदस्य विष्णु थापा, रमा पौडल पराजुली, मन्जु दर्जी, सुर्य प्रसाद काफ्ले, कुल प्रसाद लम्साल, वडा नं १५ का वडासचिव मेघराज काफ्ले, ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी प्रमुख आदित्यराज विष्ट, रुपन्देही उधोग संघका उपाध्यक्ष जिवकान्त काफ्ले, नगर खेलकुद विकास समितिका सदस्य हेमराज आचार्य, आदर्श युवा क्लबका अध्यक्ष मनिष काफ्ले, दुर्गा भवानी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सन्तोषमान सिमागैडा, क्लबका सचिव उमाकान्त भुषालले युवामैत्री कार्यक्रममा स्थानिय पालिकाको पहल जरुरी रहने बताए ।
कार्यक्रममा युथ फर एकसनका अध्यक्ष प्रयास आचार्यले सामाजिक कार्यसंगै खेल विकासमा समेत आफुहरु निरन्तर योगदान दिदै आएको बताए । स्व. आमा मन्जु पाण्डेको स्मृतिमा प्रतियोगिताको पहिलो पुरस्कार सामाजिक ब्यक्तित्व कमल पाण्डेबाट सौजन्य भएको उनले बताए ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तथा क्लवका उपाध्यक्ष सचिन दमासेले बताए । विहिबार दुई वटा खेलहरु ब्यायज एफसी र शान्ति एफसी तथा युसिएभी र वाईट लोटस एफसीका बिचमा खेल हुने उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी