© २०२३
काठमाडौँ ।
अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ ।
ट्रम्पले लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको आरोप लगाइएको छ । यसले लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ गरेको पुष्टि हुने ट्रम्पले दाबि गरेका छन् ।
उजुरीमा लेबर पार्टी र कमला ह्यारिसको अभियान बीचको सम्पर्कको बारेमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ भएको उल्लेख गरिएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यद्यपि, ट्रम्पको आरोपपछि बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले लेबर पार्टीका स्वयं सेवक अमेरिका गएको स्वीकार गर्दिया यो स्वस्फुर्तरुपमा भएको दाबि गरेका छन् । साथै हरेक चुनावमा व्यक्तिगत हिसाबले लेबर पार्टीका स्वयं सेवक अमेरिका जाने गरेको उनले बताएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी