© २०२३
बुटवल, ५ कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तरगत तेस्रो दिन भएका खेलहरुमा विजयी हुदै तिलोत्तमा, गुड मर्निङ र एलसीए एफसी विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा सोमबार भएको पहिलो खेलमा तिलोत्तमा एफसीले युनाईटेड युथ एफसीलाई ट्राईबेकरमा ३—२ गोल, दोस्रो खेलमा गुड मर्निङ एफसीले फोर एठ जिआर एफसीलाई ४—२ गोल तथा तेस्रो खेलमा एलसीए एफसीले गड्डा एफसीलाई ट्राईबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
सोमबारको पहिलो खेलमा तिलोत्तमाका गोलकिपर बिरु बुढामगर, दोस्रो खेलमा गुड मर्निङका रिम्बा सुनार र तेस्रो खेलमा एलसिएका गोलकिपर मोहन शाही म्यान अफ दी म्याचबाट पुरस्कृत भएको संयोजक सुनिल श्रेष्ठले बताए ।
मंगलबार पनि ३ खेलहरु हुनेछन । पहिलो खेल शिवनगर युवा परिवार र बाके एफसी, दोस्रो खेल सिद्धार्थ एफसी र युनाईटेड युथ एफसी बि तथा तेस्रो खेलमा फाईट फर नाईन्टी र बेल ब्यायज एफसीका बिचमा खेल हुने क्लबका अध्यक्ष बिक्रम कुमालले बताए । कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेका छन ।