ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

इजरायलको इरान आक्रमणको योजना अमेरिकाबाट लिक !

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

काठमाडौँ ।

इजरायलले इरानमा आक्रमण गर्न बनाएको गोप्य योजना अमेरिकाबाट लीक भएको छ । यी कागजातहरूमा इजरायलले इरानमाथि आक्रमण गर्न बनाएको योजना रहेको दाबी गरिएको छ ।

सीएनएनको रिपोर्टका अनुसार अमेरिकाले पनि यस विषयमा अनुसन्धान सुरु गरेको छ । सिएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यी कागजहरु ‘मिडल ईस्ट स्पेक्टेटर’ नामक च्यानलले अक्टोबर १८ शुक्रबार टेलिग्राममा पोस्ट गरेको उल्लेख गरको छ । यी कागजातहरूमा शीर्ष गोप्य र १५ र १६ अक्टोबरको मिति लेखिएको छ । यस प्रकारका कागजातहरू लीक हुनु अमेरिकाका लागि गहिरो चिन्ताको विषय भएको बताइएको छ ।

यी कागजातहरू अमेरिका र यसका सहयोगी देशहरू अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड र बेलायतका लागि भएको जो गुप्तचर नेटवर्क फाइभ आइजका हिस्सा रहेका छन् ।

इरानले अक्टोबर १ मा इजरायलमा १८० मिसाइल आक्रमण गरेको थियो । यसपछि इजरायलले बदला लिने बताउदै आएको छ ।

गोप्य दस्तावेजका अनुसार इजरायलले इरानमाथि ठूलो आक्रमणको तयारी गरिरहेको छ । यी मध्ये एउटा दस्तावेजका अनुसार इजरायलले आक्रमणका लागि हतियार ढुवानी गर्न थालेको छ । यो कागजात नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीले तयार पारेको हो । अर्को कागजातमा इजरायली वायुसेनाको अभ्याससँग सम्बन्धित जानकारी समावेश छ । यसमा हावाबाट जमीनमा मार हान्ने मिसाइलहरूको परीक्षणसँग सम्बन्धित जानकारी समावेश छ । सीएनएनका अनुसार यी अभ्यासहरू इरानमाथि आक्रमण गर्ने तयारीको एक हिस्सा भएको मानिएको छ ।

यस विषयमा अमेरिकी पूर्व उपविदेशमन्त्री मिक मुल्रोयले इरानमाथि इजरायलको जवाफी हमलासँग सम्बन्धित सूचना साँच्चै लीक भएको भए यो नियमको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन् । यसले अमेरिका र इजरायलबीचको भावी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने उनको विश्लेषण छ ।

गत वर्ष पनि अमेरिकाबाट केही खुफिया सूचना चुहावट भएको थियो । जसका कारण अमेरिका र दक्षिण कोरिया र युक्रेन जस्ता सहयोगी राष्ट्रहरूबीच तनाव उत्पन्न भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्ध यस वर्षको अगस्टदेखि बिग्रिएको बताइएका बेला यो लिकले समबन्ध अझ बिग्रिन सक्ने विश्लेषण गरिएको छ ।

यी कागजातहरू लीक भएको जानकारी शनिबार पहिलो पटक प्रकाशमा आएको थियो । यी कागजातहरू ह्याक गरिएको हो वा कसैले जानाजानी लीक गरेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

यसअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले अगस्टमा इरानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित कागजात ह्याक गरेको जानकारी दिएका थिए ।

इरानले अक्टोबर १ मा राति १० बजे इजरायलमा १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा ठूलो क्षति भने भएको थिएन । तर, तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका थिए । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission