ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो- ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

मुम्बई पुलिस म्यासेज पठाउने व्यक्तिको खोजीमा लागेको बताएको छ । सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको छ । सलमानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । लरेन्स समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिदै,‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेको छ । यसअघि पनि पटकपटक धम्की आएका छन्, जरिवानासमेत तिरेका छन् । धेरै मामिलामा अल्झिएको छु ।’

यस अघि जनवरी २०२४ मा, अप्रिल २०२३ मा, मार्च २०२३ मा, जुन, २०२२ मा सलमानलाई ज्यान मर्ने धम्की दिइएको थियो ।

सलमानमाथि सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​क्रममा राजस्थानको जंगलमा कालो हरिणको शिकार गरेको आरोप छ । सलमान बाहेक सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम कोठारीलाई पनि आरोप लागेको थियो । त्यसपछि बिश्नोई समुदायले पनि सलमानविरुद्ध उजुरी दिएका थिए । यसका लागि सलमानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय पनि सुनाएको थियो तर पछि उनले यस मुद्दामा जमानत पाएका थिए । जसका कारण ग्याङ्गस्टर लरेन्स सलमान खानलाई मार्ने धम्की दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?