© २०२३
काठमाडौँ ।
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए ।
बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिएका छन् । बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् । उनले इजरायली बन्धकहरुको रिहाईको लागि यो राम्रो अवसर भएको बताए । साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत बर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।
जो बाइडेनले अब आफुले बन्धकहरुलाई उनीहरुको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री नेतान्याहुले इजरायलले याह्या सिनवारको बदला लिएको तर युद्ध अझै नसकिएको बताएका छन् । उनले भने, हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति थिए । नेतान्याहुले हमास नेताको मृत्यु युद्धमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब गाजामा बन्धक बनाइएकाहरुलाई फिर्ता ल्याउन सकिने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी