ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

लुम्बिनीमा तीन महिने बर्षावास समापन

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

बुटवल, ०२ कार्तिक ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने बर्षाबास तथा धार्मक अनुष्ठानको बिहीबार समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशना सहित बर्षाबासको समापन गरेका हुन् ।बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिका सहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ । लुम्बिनीमा विगत ८ बर्षदेखि स्थानीय समुदायका तर्फबाट बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको बर्षाबास अवधिभर दैनिक धर्मदेशना, पुजा लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन गरिएको थियो । राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरधम्मले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए ।

उनले आफूहरूले विगत ८ बर्षदेखि स्थानीयहरूलाई बुद्धको उपदेशसँग जोडेर बर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीय स्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरू बढाउनुपर्नेमा जोड दिए ।

समापन कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पंगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । असार पूर्णिमादेखि शुरु भएको आठौं चरणको बर्षावासको चिवरदान कार्यक्रम भने कार्तिक ४ गते हुनेछ । राजकीय बुद्ध विहारमा हालसम्म ८ जना संयोजक भएर बर्षाबास तथा धर्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको छ । जसको २०७४ मा टिका कटेल, २०७५ मा विष्णुकुमारी बस्याल, २०७६ मा राजकुमारी गुरुङ (गुरुआमा), २०७७ मा मञ्जु ढकाल, २०७८ मा राधिका न्यौपाने, २०७९ मा माया भुसाल, २०८० मा माया गुरुङ र २०८१ मा मिरा सापकोटा गौतमले संयोजकको भूमिका निर्वाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?