© २०२३
काठमाडौँ । चर्चित पप ब्याण्ड वन डाइरेक्शन का पूर्व सदस्य गायक लियाम पेनेको ३१ बर्षको उमेरमा मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागूऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ । होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एकजना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए । आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए । उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ ।
२०१० मा युकेको रियालिटी शो द एक्स फ्याक्ट मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले वन डाइरेक्शन नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।
यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्रि भएको एल्बम बनेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी