© २०२३
काठमाडौँ । श्रीलंकाको नयाँ सरकारले अब केही पुराना हाई-प्रोफाइल मामिलाहरूको छानबिन गर्ने भएको छ । अनुरा कुमारा दिसानायके सरकारले यी घटनाको पुनस् छानबिन गर्न प्रहरीलाई आदेश दिएको हो ।
यी मामिलाहरू मध्ये सबैभन्दा चर्चित २०१९ इस्टर सन्डे आतंककारी हमला र २००५ मा तमिल अल्पसंख्यक समुदायका एक पत्रकारको हत्या समावेश छन् । गत महिना राष्ट्रपति चुनाव जितेको सत्तारुढ नेशनल पिपुल्स पावरले यसअघिका मुद्दाहरूको पुनस् छानबिन गर्ने वाचा गरेको थियो ।
श्रीलङ्का सरकारको यो आदेशपछि प्रहरीले चर्चित प्रकरणहरुको पुन: छानबिन गर्ने बताएको छ । पुनस् छानबिन गर्नुपर्ने मुद्दाहरूमा २०१५ मा केन्द्रीय बैंकको ऋणपत्र जारी गर्ने कथित घोटाला समावेश छ, जसको लागि तत्कालीन राष्ट्रपति रनिल विक्रमासिंघेको सरकारलाई दोष लगाइएको थियो, र २०१९ इस्टर सन्डेको आतंकवादी हमला जसमा २७० भन्दा बढी मारिएका थिए ।
त्यस्तै सन् २००५ मा तमिल अल्पसंख्यक समुदायका पत्रकार डी शिवरामको हत्या र २००६ मा पूर्वी विश्वविद्यालयका प्रमुख एक तमिल अल्पसंख्यक शिक्षाविद्को अपहरण र बेपत्ता भएको विषय पनि पुनस् छानबिन हुने छ । त्यस्तै सन् २०११ मा उत्तरी राजधानी जाफनाबाट बेपत्ता भएका दुई राजनीतिक दलका कार्यकर्ताको बारेमा पनि पुनस् छानबिन हुने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी