ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व

२४ आश्विन २०८१, बिहीबार
२४ आश्विन २०८१, बिहीबार

मुम्बई, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन ।

तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले आम्दानीको कराडौं रकम दिनदुःखीको सेबामा लगाएका थिए । त्यसैले रतन टाटाको निधनले सबैलाई दुःख मनाऊ गरिरहेका छन ।

आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टहरू मार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि पनि परिचित उनको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ । झन्डै ६० हजार करोड रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहेका थिए । उनको सम्पत्ति र उत्तराधिकारीका बारेमा अहिले भारतीय मिडियामा बहस चलिरहेको छ ।

रतन टाटाको उत्तराधिकारीको बारेमा आजदेखि छलफल सुरु भएको हैन, यी बहसहरु लामो समयदेखि चल्दै आएका छन् । टाटा परिवारमा एन चन्द्रशेखर सन् २०१७ देखि टाटा सन्सका अध्यक्ष छन्। उनीहरू बाहेक टाटा समूहका विभिन्न कम्पनीका धेरै व्यक्तिहरू छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्न सक्ने देखिएको छ ।

को बन्ला टाटाको उत्तराधिकारी ?

नोएल टाटा

रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । उनका छोरा नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो सम्बन्धले उनलाई रतन टाटाको विरासतको उत्तराधिकारी बनाउँन मधत गर्नेछ। नोएल टाटाका तीन सन्तान छन्, जसमा माया, नेभिल र लेआ छन्। यसकारण रतन टाटाको उत्तराधिकारी यी मध्ये जो पनि हुन सक्छन् ।

माया टाटा

यीमध्ये माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा निरन्तर प्रगति गरिरहेकी छन् । बेइज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन्। यस समयमा, मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

नेभिल टाटा

नेभिल टाटा ३२ वर्षका भइसकेका छन् र आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन व्यस्त छन्।नेभिल टाटाले टोयोटा किर्लोस्कर समूहकी मानसी किर्लोस्करसँग विवाह गरेका छन् र स्टार बजार, ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन प्रमुख छन्।

लेह टाटा

नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन् । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छिन् र विगत १० वर्षदेखि होटल उद्योगसँग आबद्ध छिन् ।

माया, नेभिल र लेहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।

 

यो ठूलो प्रश्न उत्तराधिकारसँग सम्बन्धित छ

रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन्, सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए। यस्तो अवस्थामा, उत्तराधिकारीको सन्दर्भमा आधारभूत प्रश्न यो हो कि जो उत्तराधिकारी भए पनि आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम छन् कि छैनन् रु त्यो हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission