© २०२३
सियोल, २४ असोज ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सीमा पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ ।
उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् ।
यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ । उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली पिपुल्स आर्मीले दक्षिण कोरिया र अमेरिकाको युद्ध अभ्यासको अवलोकनपछि यो निर्णय गरेको जनाएको हो ।
वास्तवमा पछिल्लो एक वर्षमा अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्ना विमानवाहक जहाज, सैन्य जहाज, लामो दूरीका बमवर्षक र पनडुब्बी पठाएको छ, जसका कारण उत्तर कोरिया आक्रोशित छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भनेर अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय कमाण्ड फोर्सलाई यसबारे जानकारी गराएको बताएको छ । यो बलले उत्तर–दक्षिण कोरिया बीचको डिमिलिटराइज्ड जोनको व्यवस्थापन गर्छ।
यसअघि दक्षिण कोरियाली सेनाले जनवरीदेखि किम जोङको सेनाले सीमामा ल्यान्ड माइन बिछ्याएको बताएको थियो। यसबाहेक, एन्टी ट्याङ्क जालहरू पनि जडान गरिएको छ र अधिकांश रेल पूर्वाधार हटाइएको जनाईएको छ । गत जुनमा सीमामा सैन्य पूर्वाधार बढाउन काम गरिरहेका धेरै सैनिकहरू बारुदी सुरंग विस्फोटमा मारिए पछि यो घटना पुष्टी भएको हो ।
उत्तर कोरियाको यो निर्णयपछि दुई देशबीच तनाव बढ्ने खतरा बढेको छ । उत्तर र दक्षिण कोरियाले यसअघि दोस्रो विश्वयुद्धपछि सन् १९५० देखि ५३ सम्म युद्ध लडेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी