© २०२३
बर्दघाट, २० असोज ।
शुक्रबार बेलुकी ६ बजेबाट अवरुद्ध भएको नवलपरासी पश्चिमको दाउन्ने सडक खण्ड आइतबार विहानबाट दुइतर्फी रुपमा सँचालनमा आएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ को खुर्सानी खोला नजिकै गत शुक्रबार करिव ५० मिटर सडक भस्कीइ शनिबार विहान ९ बजेसम्म पूर्ण रुपमा सडक अवरुद्ध भएको थियो । शनिबार विहान ९ बजेबाट आँशिक र एकतर्फि रुपमा सडक सँचालनमा आएपनि दोहोरो सँचालनमा आउन सकेको थिएन ।
शनिबार राती करिव २ घण्टा सवारी आवागमन रोकी अवरुद्ध रहेको स्थानको सडक फराकिलो पारी दोहोरो सवारी आवागमन सँचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक दिपेन्द्र वानियाँले जानकारी दिए ।
गत असोज १४ गते पनि सोहि स्थानको सडक भस्किइ बाटो अवरुद्ध भएको थियो । चाडपर्वको बेलामा सवारी चाप बढदा अवरुद्ध सडक सँचालनका लागि समस्या हुँदा लामो जाम लागेको थियो ।