ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?

१६ आश्विन २०८१, बुधबार
१६ आश्विन २०८१, बुधबार

काठमाडौँ ।

इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ ।

अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ ।  इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ ।

गएराती इरानले इजरायलमाथि आक्रमण शुरु गरेको छ ।  इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलले इजरायलमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

तर इरानको यो आक्रमणमा इजरायलले खासै क्षति भने बेहोर्नु नपरेको बताइएको छ । अमेरिकी अधिकारीहरुले इजरायलले इरानको यस आक्रमणबाट ठुलो क्षति बेहोर्नु नपरेको बताएका छन् । इजरायलले धेरै जसो मिसाइललाई आकासमै नष्ट गरेको बताइएको छ ।

इजरायलले फलामले बनाइएका डोम एन्टी मिसाइल डिफेन्स सिस्टमले आफ्नो भूमिमा भएका रकेट प्रहारलाई आकाशमै नष्ट गरेर जनधनको क्षति रोकेको बताइएको छ ।

इजरायली सेनाका अनुसार यस प्रविधिले ९० प्रतिशत भन्दा बढी रकेट आकाशमै नष्ट गरिरहेको छ । बस्ती भएका शहरमा जमिनमा खस्नुअघि नै रकेट नष्ट भएकोले ठुलो क्षति हुनबाट रोकिएको छ । इजरायलमाथि हुने मिसाइल आक्रमणमा अहिलेसम्म यहि प्रविधिका कारण ठुलो क्षति हुनबाट बच्दै आएको छ ।

इजरायलले लाखौ डलर खर्च गरेर बनाएको आइरन डोम निकै ठुलो मिसाइल डिफेन्स सिस्टम रहेको बताइएको छ । यस सिस्टमले रकेट शहरी या मानिस बसेको इलाकामा आउदै छ भन्ने आफै पत्ता लगाएर नष्ट गर्ने गर्दछ । टाइम्स अफ इजरायलका अनुसार हरेक इन्टरसेप्टरको मुल्य करिब डेढ लाख डलर पर्ने उल्लेख गरेको छ ।

सन २००६ मा इस्लामी समुह हिजबुल्लाहसँगको लडाईपछि इजरायलले यो प्रविधिमा काम गर्न शुरु गर्न थालेको बताइएको छ । त्यति बेला हिजबुल्लाहले इजरायलमा हजारौं रकेट प्रहार गरेर दर्जनौं इजरायलीको मृत्यु भएको थियो । यस घटनापछि

इजरायलको सरकारी कम्पनि राफाल डिफेन्सले सुरक्षालाई ध्यान दिदै देशका लागि एक मिसाइल शिल्ड बनाउने प्रस्ताव गरेको थियो । यो योजनाका लागि इजरायललाई अमेरिकाले २० करोड डलर दिएको थियो ।

बर्षौंको अनुसन्धानपछि २०११ मा यो सिस्टमको परिक्षण गरिएको थियो । त्यति बेला दक्षिणी शहर वीरसेबाबाट हानिएको रकेट मिसाइललाई यस सिस्टमले नष्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission