© २०२३
बर्दघाट, १५ असोज । सोमबार बेलुकी ५ बजेबाट अवरुद्ध पूर्व पश्चिम राजमार्ग अन्तर्गत अवरुद्ध रहेको दाउन्ने सडक खण्ड एकतर्फी संचालनमा आएको छ । मँगलबार विहान करिव ८ बजेबाट सडक संचालनमा आएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेन्द्र वानियाँले जानकारी दिए ।
बर्दघाटबाट करिव ४ किलोमिटर पूर्व दाउन्ने पहाडको सडक खण्डमा करिव ६० मिटर सडक भस्किदाँ सडक पूर्ण रुपमा अवरुद्ध रहेको थियो । बाटो भस्किएकै क्षेत्रमा करिव ३०० मिटर पहिरो समेत खसेको र सो समेत हटाइएको बाँनियाँले जानकारी दिए । ‘साना सवारी प्राथमिकतामा राखी संचालन शुरु भएको छ ।’— उनले भने ।
सडक विभाग र नेपाल विद्युत प्राधिकरणले सोमबार राती ११ बजेबाट नै पहाड काटेर डाइभर्सन बनाइ सडक संचालनका लागि तिव्र रुपमा काम अघि बढाएका थिए । लामो दुरीका लागि छुटेका बस र मालवाहक सवारीलाई नवलपरासी पश्चिमको बर्दघाट र पूर्वको दुम्किबासमा रोकि सडक खुलाइएको हो । वर्षातको समय र बाटो स्तरोन्नतीका लागि पहाड काट्दा पहिरो र सडक भस्किने समस्या परिरहेको छ । सडकमा सवारीको लामो लाईन रहेको छ ।