© २०२३
काठमाडौँ ।
पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ ।
पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको जानकारी दिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।
साथै पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ । आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तानले आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा कदम चाल्ने बताएको छ ।
पाकिस्तानले कृषि कर संरचना सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेपछि सात अर्ब डलरको ऋण स्वीकृत भएको हो ।
जियो न्यूजका अनुसार १.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर भएको छ ।
सन् १९५८ देखि हालसम्म पाकिस्तान २२ पटक ऋणको लागि आईएमएफमा गएको थियो । हाल पाकिस्तान आईएमएफको पाँचौं ठूलो ऋणी देश हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी