ट्रेंडिंग:

>> विश्वकप एशिया छनोटमा नेपालको लगातार तेस्रो जीत, हङकङ ९ विकेटले पराजित >> योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन्, ‘खुशी लागेको छ’ >> राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान >> नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन् >> हङकङले दियो नेपाललाई ११६ रनको लक्ष्य >> आज पनि ३० अर्ब निक्षेप निकाल्दै राष्ट्र बैंक >> सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार >> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

काठमाडौँ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसमा उनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन् ।

पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने बताएका छन् । यसमा रूस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरूविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो, जसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ, रूसले अझै पनि आणविक हतियारहरू प्रयोग गर्न सक्छ ।

रसियाली राष्ट्रपतिले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको बताए ।

पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

पुटिनले पश्चिमी देशहरूलाई आणविक युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन । रुसी राष्ट्रपतिले सेप्टेम्बर १२ मा पनि यदि पश्चिमी देशहरूले युक्रेनलाई क्रुज मिसाइल प्रयोग गर्न अनुमति दिए भने यसको मतलब नाटो रुसविरुद्ध युद्धमा प्रवेश गरेको बुझिने बताएका थिए । यदि यस्तो भयो भने अवश्य जवाफ दिने उनले बताएका थिए ।

युक्रेन अमेरिका र पश्चिमी देशको सहयोगमा रुसविरुद्ध साढे दुई वर्षदेखि युद्ध लडिरहेको छ । युक्रेनले अगस्टमा रुसमा प्रवेश गरी धेरै क्षेत्र आफ्नो कब्जामा लिएको थियो । रुसले आफ्नो क्षेत्र मुक्त गर्न खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?